काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । पद तथा गोपनियताको सपथ लिएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० जना मन्त्री भएका छन् । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी भएका हुन् ।
महतो भने उपप्रधान एवम् शहरी विकासमन्त्री भएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छन रघुवीर महासेठलाई पनि उपप्रधानसहित परराष्ट्र मन्त्री बनाईएको छ । एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् ।
जसपाबाट महतोसहित मन्त्री बन्नेहरुमा शरदसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया मन्त्री बनेका छन् । भण्डारीले उर्जा, जलस्रोत तथा सिचाईको जिम्मेवारी लिएका छन् भने झा खानेपानी मन्त्री भएका छन् । त्यस्तै, कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।