भक्तपुरमा आफैले पढाउने १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, दुई शिक्षक पक्राउ

भक्तपुर। आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई शिक्षकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भई भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

कोजुले यही जेठ १६ गते दिउँसो र मुखियाले गएको फागुन १ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । कोजुले आफ्नै घरमा ट्युसन पढ्न आएका बेला र मुखियाले गएको फागुन १ गते तेक्वान्दो गेम सिक्न गएका बेला सल्लाघारीको एकान्त स्थानमा लगेर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप अभिभावकले लगाएका छन् ।

उनीहरुले बालिकालाई राम्रोसँग पढाउने र गेम सिकाउने भन्दै संवेदननशिल अङ्गमा समातेर यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले यही जेठ १९ गते महानगरीय प्रहरी परिसर जगातीमा निवेदन दिएकी छन् । पक्राउ परेका कोजु र मुखियामाथि थप अनुसन्धान शुरु गरिएको प्रहीले जनाएको छ ।

 

 
 
  
 

You may also like