थप ५,९०४ ले जिते कोरोना, ६,८२५ नयाँ थपिए, ७५ जनाको मृत्यु

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५,९०४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोभिड–१९बाट संक्रमितको हुनेको संख्या ५ लाख ८६ हजार ५०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितले ज्यान गएको छ । योसँगै हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७,६३० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५६२ जनाको पीसीआर र ३,२११ जनाको एन्टीजेन विधिबाट कोभिड–१९ को संक्रमण परीक्षण गरिएको छ । आज नेपालमा निको हुने भन्दा संक्रमित हुनेको संख्या बढेको छ । यसअघि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो ।

 

 
 
  
 

You may also like