कोरोनाबाट जसपा केन्द्रीय सदस्य चौधरीको निधन

कपिलवस्तु। कोरोना भाइरस संक्रमणबाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य रामविकास चौधरी (बड्कु) को निधन भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ निवासी चौधरीको गए राति निधन भएको हो । विगत एक महिनादेखि बिरामी भई उपचाररत रहेका चौधीरीको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संंक्रमित रहेका चौधरीलाई श्वासप्रश्वाममा समस्या भएपछि विजयनगर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश चौधरीले एम्बुलेन्स व्यवस्था गरी उपचारका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएका थिए ।

केही समय त्यहाँ उपचार भएपछि कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा भने सुधार आएको थिएन । चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि भारतको लखनऊस्थित शहर अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ देखिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जसपा केन्द्रीय सदस्य रवि दत्त मिश्राले जानकारी दिएका छन् ।

 

 
 
  
 

You may also like