थप ६,४९१ ले जिते कोरोना, ४,१७८ नयाँ थपिए, ११४ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६,४९१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४,१७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख ६ हजार ४७० पुगेको छ । क्वारेन्टाइनमा ६८९ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ११४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

 
 
  
 

You may also like