रूपन्देही। गायक तथा सञ्चारकर्मि अनिल पहाडीको दौतरी नाम आधुनिक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । मुक्तिनाथ धाम बुटवलका पिठाधिस स्वामी लोकानन्दले शनिबार धाममै उक्त म्यूजिक भिडियो सार्वजनिक गरे ।

कार्यक्रममा पिठाधिस स्वामी लोकानन्दले सनातन धर्मले जातभातको विभेद नगर्ने बताए । उनले प्रेम नभएको ठाउमा कुनै पनि विभेद नहुने बताउदै त्यसलाई संगित मार्फत व्यक्त गरेको बताए ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले मुक्तिनाथधाममा विमोचन गरेर जातिय समानताको सन्देश दिने काम गरेको बताए । उनले म्यूजिक भिडियोले समानता र दुव्यसनको बिषय उठान गरेको बताए ।

म्यूजिक भिडियोको समक्षा गर्दै ऋषि न्यौपानेले भिडियोले मनोरञ्जनसंगै अन्तरजातिय प्रेमले समाजलाई सकरात्मक सन्देश दिएको बताए ।

 
 
  
 

You may also like