काठमाडौँ। मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षा भएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।
सोही प्रभावले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले विहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।
आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली देशैभर मेघगर्जन /चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भाबना रहेको छ ।
बुधबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
जेठ १७ गते सोमबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।