सिंहदरबारका कर्मचारीलाई आजदेखि कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा

काठमाडौं । गत माघ १४ देखि फागुन २३ गतेसम्म कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका र चैत्र २५ देखि वैशाख १५ सम्म भेरोसेलको पहिलो मात्रा लगाएका सरकारी कर्मचारीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले सिंहदरवार परिसरभित्रका संवैधानिक निकाय, सरकारी निकाय (संवैधानिक निकाय, मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय,सार्वजनिक संस्थान लगायत) का पदाधिकारी,, कर्मचारी र सुरक्षाकर्मीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिन लागेको हो ।

स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सिंहदरवारभित्र नै खोप केन्द्र सञ्चालन हुने भएकाले पहिलो मात्रा लगाएको खोप र कार्यालयको परिचय पत्र अनिवार्य रुपमा लिएर खोप लगाउन अनुरोध गरेका छन् ।

सरकारले हालसम्म २१ लख १३ हजार ८० जनालाई कोभिड कोभिसिल्ड र भेरोसेलको पहिलो मात्रा र ६ लाख ५४ हजार ८५१ जनालाई कोभिडविरुद्ध पूर्ण खोप अर्थात दुई डोज खोप लगाइसकेको छ ।

 

 
 
  
 

You may also like