कोशी, नारायणी र कर्णालीमा पानीजहाज, त्रिवेणी–दासढुंगा खण्ड मदन–आश्रित जलमार्ग

काठमाडौं। सरकारले देशका ठूला नदीमा जल यातायात सञ्चालन गर्ने घोषणा गरेको छ । नारायणी नदीको त्रिवेणी, नाराणघाट, देवघाट हुँदै दासढुंगा जोड्ने खण्डलाई मदन आश्रित जलमार्ग नामाकरण गरिने भएको छ । आगामी आर्थिक वर्षदेखी कोशी, नारायणी र कर्णालीमा पानीजहाज सञ्चालनको लागि टर्मिनल बनाउन बजेट विनियोजन गरिएको छ ।

कोशी नदीको चतरादेखी भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा पर्ने अवरोध हटाइने छ । सुनकोशी नदीको दोलालघाटदेखी खुर्कोट हुँदै अरुण दोभान, राप्ती नदीको भालुवाङ हुँदै सिक्टा, तामाकोशी र कालिगण्डकीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

 

 
 
  
 

You may also like