लायन्स क्लव अफ देउखुरीद्धारा लमही अस्पताललाई बिरामी सुत्ने बेड सहयोग

शिवराज खनाल , लमही।बिरामी सुत्न लाई बेडको अभाव भएको भन्दै लायन्सक्लब अफ देउखुरीले लमही नगरपालिका अन्र्तगतको लमही अस्पताललाई ४ वटा बिरामी सुत्ने बेड सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसि र मेसु डाक्टर रन्जिता महतोलाई लायन्स क्लब अफ देउखुरीका अध्यक्ष रेशम बहादुर खड्काले फोल्डिङ बेड हस्तान्तरण गरेका हुन । बेड हस्तान्तरण गर्दे लायन्स क्लब अफ देउखुरीका अध्यक्ष रेशम बहादुर खड्कालेबेडको अभाबमा अस्पतालमा आएका बिरामीहरुलाई भुईमा सुतेर उपचार गर्न नपरोस भन्ने उदेश्यका साथ लायन्स क्लबमा रहेको बिभिन्न दाताहरुको सहयोग बाट अस्पतालललाई बेड उपलब्ध गराईएको र बिरामीलाई सजिलो हुने बिश्वास ब्यक्त गरे ।

सो अबसरमा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसिले अस्पताल ब्यबस्थापन समितिले मात्र अस्पताललाई राम्रो बनाउन नसकिने भएकोले सहयोगि हातहरुको सहयोगले अस्पताललाई थप राम्रो बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । लायन्स क्लब अफ देउखुरीका सदस्य घनश्याम सुबेदीको बिषय प्रबेश तथा स्वागत बाट शुरु भएको कार्यक्रममा लायन्स क्लब अफ स्वर्गदारीका अध्यक्ष शम्सेर थापाले लायन्स क्लबले अस्पताल जस्तो पबित्र क्षेत्रमा सहयोग गरेकोमा खुशि ब्यक्त गर्दै धन्यबाद दिए ।

कोभिड माहामारीको बिचमा अस्पतालमा आउने बिरामहिरुलाई शैयाको अभाब भएपछि यस अघि रोटरीकलब अफ देउखुरीले लमही अस्पताललाई तिन वटा फोल्डीङ बेड उपलब्ध गराएको थियो यो सहित सहयोगि दाताहरुले लमही अस्पताललाई सात वटा बेड हस्तान्तरण गरेका छन् भने जेनेटेर , पिपि सेट सहित अन्य स्वास्थ्य सामाग्रीहरुपनि उपलब्ध गराउदै गएका छन् ।

हस्तान्तरण कार्यक्रमको सचालन पबन खड्काले गरेका थिए ।

 
 
  
 

You may also like