पहिरोले बुटवल-तानसेन सडकखण्ड अवरुद्ध

बुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा पहिरो गएको छ।

तिनाउ गाउँपालिका वार्ड नम्बर-३ मा बिहान करिब ११ बजेतिर ढुङ्गा सहितको पहिरो गएको प्रदेश प्रहरी कार्यलय बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेले बताए ।

लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेयले बताए ।

पहिरोले बिरामी बोकेका एम्बुलेन्स , खाध्यसामग्री बोकेका मालबाहक गाडी बाटोमै अलपत्र परेका छन ।

 
 
  
 

You may also like