पहिरोले घर भत्किँदा महिलाको मृत्यु

तनहुँ । पहिरोले घर भत्किँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–१, निर्मल नगरमा माथिबाट आएको पहिरोले घर भत्किँदा घाइते भएकी ६५ वर्षीया सरस्वती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उपचारका लागि दमौली लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटाइएको पनि जनाइएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गोरखाको सहिद लखन गाउँपालिका ७ मा धनबहादुर श्रेष्ठको गोठ भत्किएको छ । गोठ भत्किँदा २ वटा भैंसी, एउटा पाडो र ४ वटा बाख्रा मरेको प्रहरीले बताएको छ ।

 

 
 
  
 

You may also like