स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित मुद्दा दर्ता

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ ।

रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरीले जानकारी दिएको छ ।

रावतमाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको आरोप लागेको छ । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् ।

आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 
 
  
 

You may also like