९,८४१ ले जिते कोरोना, ६,९५१ नयाँ थपिए, ९६ जनाको मृत्यु

काठमाडौं। नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६,९५१ जना संक्रमित थपिएका छन् ।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६,९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या एकलाख १३ हजार ३९४ रहेको छ ।
यही अवधिमा थप ९,८४१ जना निको भएका छन् ।

हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । यस्तै थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

 

 
 
  
 

You may also like