प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको काम ‘मान्छे मारेको भन्दा ठूलो अपराध’ हो : भीमार्जनु आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको संसद विघटन ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरेको बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाका विषयमा संविधानविदहरुसँग गरेको छलफलमा डा. आचार्यले यस्तो बताएका हुन् ।

‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो’, उनले भने, ‘प्रधानमन्त्रीको तिकडम संसदले रोक्न सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभई फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर नियत होे ।’

 
 
  
 

You may also like