बुटवलमा कोरोना संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल -१० कालिकानगरमा एकै परिवारका ३ जना सदस्यको कोरोना संक्रमणबाट निधन भएको छ  । उनीहरुको ८ दिनको अन्तरालमा ६१ बर्षीय पुरुष , उनकी धर्मपत्नी ५९ बर्षीय महिला र ३९ बर्षीय उनका छोराको मृ त्यु भएको हो ।

बाबुछोराको उपछारका क्रममा भरहवा स्थित युनिभेर्सल कलेज अफ साइन्सेसमा मृत्यु भएको हो भने आमाको होम आइसोलेसनमा निधन भएको हो ।  आमाको जेठ ५, छोराको जेठ ७ र बाबुको जेठ १२ गते मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले बताए ।

उनीहरु सबैजना कोरोना संक्रमित रहेको र बाबु छोराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको वडाध्यक्ष थापाले बताए । उनका अनुसार सोही परिवारको अर्को एक सदस्य संक्रमित भएकाले उनलाई बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा राखिएको र परिवारमा भएका घटनाबारे थाहा दिइएको छैन ।

 
 
  
 

You may also like