काठमाडौं। नेपाली कांग्रेस पदाधिकारी बैठकले सरकारलाई कोरोना नियन्त्रणका लागि आएका स्वास्थ्य सामग्री पारदर्शी ढंगले वितरण गर्न आग्रह गरेको छ ।
आज (बुधबार) बिहान सभापति शेरबहादुर देउवा निवास वुढालीलकण्ठमा बसेको बैठकले स्वास्थ्य सामग्री सांसद र नेतामार्फत नभई सरकारी संरचनाबाट पठाउन आग्रह गर्ने निर्णय गरेको सहमहामन्त्री सुनिलबहादुर थापाले जानकारी दिएका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणका लागि १५ बुँदे ज्ञापनपत्र पेश गरे पनि सरकार त्यसतर्फ गम्भिर नदेखिएको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।
करोना महामारीलाई देखाएर सरकारले जनअधिकार कुण्ठित गर्ने कम गरेको कांग्रेको ठहर छ । निधेषज्ञा मात्रै समधान नभएको भन्दै त्यसलाई वैज्ञानिक बनाउन समेत सरकारलाई भनेको छ । विदेशी सहयोग पनि ओली सरकारले दूरुपयोग गरेर पार्टी करण गर्न खोजेको बैठकको आरोप छ ।
कोभिड–१९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।
निषेधाज्ञा थप गर्दै २ दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरु त्यसकै निरन्तरता भएको कांग्रेसले बताएको छ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता सँगै दुर्गम गाउँ गाउँमा पीसीआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्ने नदेखिएको बैठकको ठहर छ ।