कर्णालीमा थपिए ४८० कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६०१ जनामा गरिएको आरटी पीसिआर विधिबाट २१५ र ७४१ जनामा गरिएको एन्टिजेन विधिबाट २६५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै ३७७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने ६ हजार २९५ जना सक्रिय संक्रमित रहेका छन् । कर्णालीमा पछिल्लो २४ घण्टाको अवधिमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना जुम्ला, एकजना सल्यान र एक जना सुर्खेतका छन् । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ । पछिल्लो केही दिन भने मृतकको संख्यामा कमी आएको छ ।

 

 
 
  
 

You may also like