पूर्व सभामुखसँग सभामुखको बैठक जारी : अर्कै कार्यसूची रहेको भन्दै आएनन् नेम्वाङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व सभामुखहरुको बैठक नयाँ बानेश्वरमा जारी छ । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था र सभामुखको भूमिकाका विषयमा छलफलका लागि बोलाएको बैठकमा पूर्व सभामुख तथा नेकपा (एमाले) का नेता सुवास नेम्वाङब ाहेकका पूर्व सभामुखहरु सहभागी छन् ।

पूर्व सभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सभामुखले डाकेको बैठकमा सशरीर उपस्थित भएका छन् भने पूर्व सभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउँदै छन् । रानाभाट पोखरामा भएका कारण भर्चुअल बैठकमा सहभागी हुन लागेका हुन् भने ढुंगाना कोरोनाका कारण हुने स्वास्थ्य जोखिमका कारण घरबाटै भर्चुअल्ली बैठकमा सहभागी हुन लागेका हुन् ।

पूर्व सभामुख नेम्वङले भने ढिला मात्र खबर आएको र खबर आउँदासम्म आफ्नो अर्कै सेड्युल बनिसकेकाले बैठक सहभागी नहुने बताएका छन् । ‘बैठकबारे ढिला गरी सूचना आयो, मेरो अर्कै कार्यसूची बनिसकेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको छु’, नेम्वाङले भने, ‘मैले अर्को दिन तपाईसँग छुट्टै बसौंला भनेर सभामुखलाई बनेको छु ।’

नेम्वाङले अर्कै कार्यसूची रहेका कारण वैठकमा सहभागी हुन नसकेको बताए पनि जानकारहरु भने त्यहि मात्र कारण नरहेको बताउँछन् । उनीहरुका अनुसार सभामुख सापकोटा र नेम्वाङबीचको पछिल्लो सम्बन्ध त्यति राम्रो छैन । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता नेम्वाङ्ग एमालेभित्रको पछिल्लो विवादका कारण पनि वैठकमा सहभागी नभएको जानकार बताउँछन् ।

 

 
 
  
 

You may also like