माइत हिंडेकी गायत्री दुई छोरा–छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला

प्युठान। प्युठानमा आमासहित चार वर्षीय छोरा र आठ वर्षीया छोरी मृत फेला परेका छन् । आमाको उमेर २७–२८ रहेको बताइएको छ । प्युठान नगरपालिका–१ मा नाबालक छोराछोरीसहित झुण्डिएको अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

अञ्दाजी २ वर्षीय छोरा र ५ वर्षीया छोरीसहित मृत भेटिएकी उनी प्युठानकै स्वर्गद्वारी नगरपालिका नाम्रीकोटकी गायत्री सुनार भएको प्रहरीले जनाएको छ । उनका सुसरा गीरबहादुर सुनारका अनुसार गायत्री माइत जान्छु भनेर साँझ घरबाट निस्किएकी थिएन् । स्वर्गद्वारी नगरपालिका–८, हदचौरमा उनको माइतीघर छ ।

तर, उनी आज बिहान छोराछोरीसहित प्युठान नगरपालिका– १ नेउदा गाउँ नजिकैको जङ्गलमा झुण्डिएको देखेपछि घाँस काट्न गएकाहरूले प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

प्युठान– १ का वडाअध्यक्ष रमेश आचार्यका अनुसार ती महिलाले छोराछोरीसहित आत्महत्या गरेको आशंका गरिएको छ । यद्यपि, प्रहरीले अनुसन्धान गरी सत्य के हो पत्ता लगाउने उनले बताए । घटना कसरी, किन भयो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like