थप ७,१३५ ले जिते कोरोना, ७४२५ नयाँ थपिए, १८५ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७,१३५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७,४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७,४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा काठमाडौं उपत्यकामा २,७८५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमामा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८५ जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६,५३१ पुगेको छ ।

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ४४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like