तिलोत्तमामा ट्राफिक लाइट राख्न सुरु

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट राख्ने लागेको छ । नगरपालिकाले दुर्घटना न्युनिकरणका लागि नगरका विभिन्न भिडभाड हुने क्षेत्रमा ट्राफिक लाइट जडान गर्न लागेको हो ।

पहिलो चरणमा नगरका प्रमुख चोकहरु मणिग्राम चोक, ड्राइभरटोल, भलवारीमा जडान गरिएपनि सो मणिग्रामबाट यस्को सुरुवात भएको छ । बत्ती जडान भई परिक्षणको क्रममा रहेको छ । नगरपालिकाको ब्यबस्थापनमा काम भइरहेको तिलोत्तमा नगरपािलका प्रबक्ता सुरेन्द्र श्रीले बताए ।

दुर्घटना न्यूनीकरण गर्न असारसम्म सम्पन्न गर्ने योजना रहेपनि मणिग्राममा जडान भई अबको केहि समयमै अन्य ठाउमा समेत ट्राफिक लाइट थप विस्तार हुने प्रबक्ता श्रीले बताए ।

अहिलेको विषम परिस्थिती कोराृेना माहमारीले ट्राफिक लाइट जडानमा केहि ढिलाइ भएपनि यथासक्य काम सकाउने गतिमा रहेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । सडक दुर्घटना बढेकोले र अब्यबस्थित सवारी आवगमनले अकालमा ज्यान जाने गरेकोले सायद उपत्यका बाहिर पहिलो पटक नै ट्राफिक लाइट जडान भइरहेको छ, विभिन्न ६ ठाँउमा ट्राफिक लाइट जडान हुन्छ नगरप्रमुख घिमिरेले भने ।

मणिग्रामपछि भिडभाड बढी हुने ठाउ भनेको ड्राइभरटोल, भलवारी, कोटिहवा, मंगलापुर ,जोगिकुटी र नयामिलमा जडान गर्ने योजना छ ।

 
 
  
 

You may also like