भारी हिमपात र वर्षाको असर खर्कमा, ५० भेंडाबाख्रा मरे

हुम्ला। केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए । बाँकी बाख्रास मेत झोक्राएर बस्ने गरेको उनले बताए ।

उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उनले आग्रह गरेका छन् । दशकौंपछि एक्कासी वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ । जिल्लामा एउटा भेडाको मूल्य १० हजारसम्म पर्छ । रासस

 

 
 
  
 

You may also like