यो कार्टुन : जसलाई लिएर प्रधानमन्त्री ओली बने आक्रोशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रिकामा प्रकाशित कार्टुनलाई लिएर आक्रोशित बनेका छन् । आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन् ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट प्रेस चौतारी नेपालका पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाए । प्रधानमन्त्री ओलीले लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको दाबी गरे । प्रधानमन्त्री ओलीले प्रेत संस्था अर्थात् राजतन्त्रकोको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको भन्दै आपत्ती जनाए ।

प्रधानमन्त्री ओलीले भने, ‘आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न । राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।’

हेर्नुहोस् कार्टुन:

 
 
  
 

You may also like