रुपन्देहीमा कोरोनाबाट ८८८ जना निको , २४९ जना संक्रमित , ७ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५४० जनाको कोरोना परीक्षण गर्दा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा आज ७ जना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ । यससंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३९५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुटवल उपमहानगरपालिकामा ५५ जना, तिलोत्तमामा  ६६ जना  सैनामैना नगरपालिकामा ३४ जना, देवदह नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा १४ जना, कञ्चन गाउँपालिकामा १३ जना, शुद्धोधन गाउँपालिकामा १२ जना, ओमसतिया गाउँपालिकामा १० जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

हाल जिल्लामा ४ हजार ५३८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन्  पछिल्लो २४ घन्टामा ८८८ जना कोरोनाबाट मुक्त भएका छन् ।

 
 
  
 

You may also like