गण्डकी प्रदेशमा दीपक मनाङ्गेसहित पाँच मन्त्री नियुक्त, चार जनाले लिए शपथ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज ९बुधबार० मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङ्गले दीपक मनाङ्गेसहित पाँच मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।

वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताए ।

सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ । मन्त्री बन्नको लागि नयाँ अनुहार दौडधुप गरे पनि अहिलको मन्त्रिमण्डलमा नयाँ अनुहारले भने मौका पाएनन् ।

सरकारविहीनताको अवस्था हुँदा गण्डकीमा बजेट निर्माण नै प्रभावित भइरहेको छ । कोरोना संक्रमित भएरै दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै मन्त्रिपरिषद गठन गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको थियो । मुख्यमन्त्री गुरूङले अब मन्त्रालय फुटाएर १० वटा पु¥याउन लागेको बताइएको छ । उनले दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् । उनी बाहिर रहेकाले सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे ।

 

 
 
  
 

You may also like