मोरङमा महिलाको हत्या, श्रीमान, सासु–ससुरा र देवर पक्राउ

मोरङ । मोरङ प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अनिताको आज बिहान रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा शव फेला परेको थियो ।

घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको एसी खड्काले बताए ।

उनले घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको पनि जानकारी दिए । तर पनि अहिले नै उनको कसले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।

 
 
  
 

You may also like