सशस्त्र प्रहरीको गोली लागेर नवलपरासीमा २३ वर्षका युवकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागेर प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको छ ।

बुधबार पश्चिम नवलपरासीको सुस्तास्थित नाकाबाट केही नेपाली जबरजस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीलाई घेरेर ढुंगामुडा गर्न थालेपछि गोली चलाउनुपरेको नवलपरासी पश्चिमका एसपी अजय केसीले जानकारी दिए ।

सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी ढुंगाले लागेर घाइते भएका छन् । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो ।

शुरुमा फर्काए पनि पछि ५०–६० जनाको समूहमा आएर सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो । तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like