शक्तिशाली ‘ताउते’ चक्रवात आज गुजरातमा बज्रिने, त्रासमा सर्वसाधरण

नयाँदिल्ली। भारतीय मौसम विभाग (आईएमडी) ले अरब सागरमा बनेको शक्तिशमाली चक्रवात ‘ताउते’ आज (मे १७) साँझसम्म गुजरातमा बज्रिने अनुमान गरेका छन् ।

त्यसपछि त्यो भोलि बिहानै पोरबन्दरबाट महुवा (भावनगर जिल्ला) को बीच हुँदै गुजरात पार गर्ने विभागको अनुमान छ । यस क्रममा गुजरातका तटीय जिल्ल पोरबन्दर, जुनागढ, गिर, सोमनाथ, अमरेलीमा १ मिटरदेखि ३ मिटरसम्म छाल उठ्न सक्ने भारतीय मौसमविद्ले अनुमान गरेका छन् ।
गुजरातमा १५ सय अस्पतालबाट कोरोना संक्रमित अर्काे जिल्ला सारियो
गुजरातका मुख्यमन्त्री विजय रूपाणीले उच्च स्तरीय बैठकमा चक्रवातविरुद्ध तयारीको समीक्षा गरेका छन् । उनले चक्रवातको प्रभाव पर्न सक्ने जिल्लाका करिब १५ सय अस्पतालबाट अक्सिजन र भेन्टिलेटर चािहने कोरोना संक्रमितलाई नजिकैका जिल्लामा सार्न निर्देशन दिए ।
मुम्बईमा आज भारी वर्षा हुने चेतावनी
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका मुम्बई, उत्तरी कोंकण, ठाणे र पालघरमा आज सोमबार ठूलो वर्षा हुने सम्भावना छ ।
भारतीय मौसम विभागले वर्षा हुने चेतावनी आइतबारै दिएको हो । पुणेस्थित जलवायु शोध एवं सेवा संस्थानका प्रमुख केए होसालिलारले ट्वीटरमार्फत चक्रवात आज अपराह्नतिर मुम्बईको तटीय क्षेत्रबाट करिब २ सय किलोमिटर टाढाबाट जाने सम्भावना छ । एजेन्सी

 
 
  
 

You may also like