लुक्काबाट उडेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण

by समतल अनलाइन

काठमाडौं । सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ ।

लुक्लावाट काठमाडौं आउदै गरेको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर खराव मोसमका कारण बनेपा स्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो ।

लुक्लावाट ५ जना विदेशी पर्यटक रेस्क्यु गरेर आएको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर बनेपामा सुरक्षित अवतरण गरेको प्रहरीले जनाएको छ ।

भिजिबिलिटि निकै कम भए पछि क्यापटेन वियय खड्काले केहि छिन सुरक्षित स्थानमा राखिएको र मोसममा सुधार आए पछि काठमाण्डौ फर्कने छ ।

यसअघि भदौ ३१ गते पनि खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको थियो ।

 
 
  
 

You may also like