कोरानाबाट बाँकेमा थप आठ जनाको मृत्यु

बाँके। कोराना भाइरस संक्रमणबाट बाँकेमा थप आठ जनाको ज्यान गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज वलीका अनुसार ५ जनाको भेरी अस्पतालमा, दुई जना नेपालगन्ज मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

खजुरा गाउँपालिका–१ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २८ गते भेरीमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो । सल्यान कुमाख गाउँपालिकाका–१ की ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २५ गते भर्ना गरिएको थियो ।

बर्दिया मधुवन नगरपालिका–६ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १५ गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि २७ गते अस्पताल भर्ना गरिएको थियो ।

बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो । खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएका उनको २५ गते संक्रमण पुष्टि भएको थियो ।

 
 
  
 

You may also like