कोरोनाबाट बुटवलमा थप दुई जनाको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा थप दुई जनाको ज्यान गएको छ ।
सैनामैना नगरपालिका–९ का ८५ वर्षीय पुरुषको बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो । उनी वैशाख १८ मा अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

अर्का बुटवल–११ का ५० वर्षीय पुरुषको राति १० बजेर ३४ मिनेटमा मृत्यु भएको हो । उनी वैशाख २७ मा भर्ना भएका थिए । दुवै जनामा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको गौतमले बताए ।

 

 
 
  
 

You may also like