संक्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी

३१ बैशाख २०७८, शुक्रबार

काठमाडौ । कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको संख्या बढेको छ ।

बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार थपिएका सङ्क्रमित सँगै देशभर सक्रिय सङ्क्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । यस्तै क्वारेन्टाइनमा ४९७ जना छन् ।

मन्त्रालयका अनुसार एक हजार ३८१ आईसीयू र ३८० भेन्टिलेटरमा गरी एक हजार ७६१ जना सङ्क्रमित उपचाररत छन् । बिहीबार थप पाँच हजार ५५ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ७४ दशमलव छ प्रतिशत रहेको छ । गोरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया