बाँकेमा थप ९ कोरोना संक्रमितको मृत्यु

बाके। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पतालमा उपचाररत ९ कोरोना संक्रमितको मृत्यु भएको हो।

उनीहरू कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए। बुधबार बेलुकी र बिहीबार बिहान गरी ९ कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेहरू बाँके र आसपासका जिल्लाका संक्रमित छन्।

यीसँगै बाँकेमा कोरोनाले बिहीबार बिहानसम्म २ सय १३ जनाको मृत्यु भएको छ। बाँकेबाहेक बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक सय ६३ संक्रमितको पनि मृत्यु भइसकेको छ।

 
 
  
 

You may also like