कोरोना संक्रमितलाई ‘रेम्डिसिभिर’ चाहिए यी नम्बरमा गर्नुस् सम्पर्क

काठमाडौँ। सरकारले रेम्डिसिभिर औषधिको मूल्य तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् ।

कोभिड-१९ को उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित रुपमा सिफारिस भएको औषधि नभएको बताउँदै उनले कोरोना संक्रमितको उपचारका क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा प्रति भाइल ४ हजार ९०० रुपैयाँमा खरित गर्न सकिने जानकारी दिएका हुन् ।

चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रेस्क्रिप्सन चाहिने छ ।

सम्पर्क नम्बर र ठेगाना विज्ञप्तिमा हेर्नुस्

 

 
 
  
 

You may also like