भारतमा थप ३ लाख ६२ हजारमा संक्रमण, ४१ सय २६ को मृत्यु

काठमाडौँ।दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६२ हजार ४०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ३७ लाख २ हजार ८३२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९७ लाख २८ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख १६ हजार ४५ छ ।

यस्तै त्यहाँ एकैदिन ४१ सय २६ संक्रमितको मृत्यु भएको छ ।दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५८ हजार ३५१ पुगेको छ ।

 
 
  
 

You may also like