यात्रुसँग दोब्बर भाडा असुल्ने दुई जना पक्राउ

काठमाडौं। ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुई जनालाई कलंकी र बसपार्कबाट पक्राउ गरको छ ।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी गर्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह रहेका छन् । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए ।

त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई समेत बुधबार ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ ।
पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति तीन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

 

 
 
  
 

You may also like