बुटवलको कोरोना अस्पतालमा थप ५ जनाको मृत्यु

बुटवल । बुटवल धागो कारखानामा संचालित कोरोना विशेष  अस्थायी अस्पतालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल -११ का २९ बर्षीय पुरुष  , बुटवल -१२ कि ५० बर्षीय महिला , बुटवल -५ का ५२ बर्षीय पुरुष , बुटवल- १३ का ५२ बर्षीय पुरुष र बर्दघाट -१४ नवलपरासीका ४४ बर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी विष्णु गौतमले जानकारी दिए  ।

उनीहरु आइसियुमा उपचारत थिए  । ५ जनाको दिउसो ४ : ३० देखि ५ : १० को बिचमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालको विज्ञप्तिमा उल्लेख छ  ।

 
 
  
 

You may also like