बुटवलमा थप ६ कोरोना संक्रमितको मृत्यु

बुटवल। बुटवलमा कोरोना कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । बुटवल लुम्बिनी प्रादेशिकको आकस्मिक कक्ष र धागो कारखानामामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तिलोत्तमा-१ र ६ का ५७ ,७० बर्षीय पुरुष रहेका छन्। त्यसैगरी तानसेन-१४ का ३८ बर्षीय पुरुष , सैनामैना-७ का ३६ बर्षीय पुरुष , बुटवल -११ का ५२ बर्षीय पुरुष र बुटवल -६ का ४४ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालमा सुचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

उनीहरुको ज्वरो र स्वासप्रस्वासमा समस्या आएको गौतमले बताए ।

 
 
  
 

You may also like