मौसम बदली : दिउँसो यी स्थानमा हुन सक्छ भारी वर्षा

काठमाडौँ। आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बाँकी भू-भागहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २९ गते (बुधबार)

दिउँसो: प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका तराइका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (शुक्रबार)

दिउँसो: प्रदेश नं १, प्रदेश नं २ र अन्य पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने छ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like