नेपालमा कोरोना संक्रमित निको हुने दर ७५.५ प्रतिशत

काठमाडौँ।आज देशभरि कोभिड–१९ का ९ हजार ४८३ सङ्क्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

यस्तै सङ्क्रमित निको भई ५ हजार २२५ घर फर्किएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना कोरोना संक्रमणमक्त भइ घर फर्किएका छन् । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

 
 
  
 

You may also like