बाँकेमा एकै रात १२ संक्रमितको गयो ज्यान

बाँके। बाँकेमा गए राति मात्रै १२ कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका १४८ जना गरी ३४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।

 

 
 
  
 

You may also like