फेरि ओली नै प्रधानमन्त्री बन्ने शंकर पोखरेलको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले फेरि आफ्ना अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन् ।

हिजो सोमबार प्रतिनिधि सभाले विश्वासको मत (बहुमत) नदिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन् ।

यसै सन्दर्भमा ओली पक्षका नेता पोखरेलले पुनः ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता रहेको जिकिर गरेका हुन् । पोखरेलले सोमबार राति सामाजिक सञ्जालमार्फत दाबी गरेका छन्, ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तर्गत उही प्रमलाई खोज्नुपर्ने बाध्यता छ ।’

 

 
 
  
 

You may also like