लुम्बीनी प्रादेशिक अस्पतालमा उपचारत ६ कोरोना संक्रमितको मृत्यु

बुटवल।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.विष्णु गौतमका अनुसार कपिलवस्तुका ४३ बर्षीय पुरुष , बुटवल ४ का ८४ बर्षीय पुरुष , बुटवल- ९ का ६१ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी बुटवल- ११ का ६५ बर्षीय पुरुष ,अर्घाखाची धातिवाङका ७५ बर्षीय पुरुष ,सल्यानका ४३ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

 
 
  
 

You may also like