मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं। आज (सोमबार) पनि देशभर मौसम बद्लीको अवस्था रहेको मौसमविदले बताएका छन् ।हिजो–अस्तीदेखि मौसममा देखिएको बद्ली आज पनि कायम रहने र मौसम सफा नरहेने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेष गरी प्रदेश–१ सहित पहाडी केही ठाउँ र प्रदेश–२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् ।

काठमाडौं उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुका पख पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् । अहिले पश्चिमी न्यून चापीय प्रणालीसहित दक्षिणी क्षेत्र नजिक विकसित भएको न्यून चापीय क्षेत्र र बङ्गालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जनाइएको छ ।

 

 
 
  
 

You may also like