डिपार्टमेन्टल स्टोरलाई होम डेलीभरी गर्ने अनुमति

बुटवल । बुटवल उपमहानगरपालिकाले उपभोक्ताको माग अनुसार सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर तथा खाध्य स्टोरहरुलाई होम डेलीभरी गर्ने अनुमति दिएको छ । सरोकारवाला सहित आज (आईतबार) बुटवल नगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गर्दै जिल्ला प्रशासन कार्यालयमा अनुसारोध गर्ने समेत निर्णय गरेको हो ।
त्यस्तैगरी बैठकले बुटवलको कृषि उपज थोक बजार केन्द्रमा हाल मौज्दात रहेको तरकारी तथा फलफूल बिक्रि बितरण र खाद्य सामाग्रिका हालसेल स्टोरहरुलाई बेलुका ८ देखि राती ३ बजे सम्म लोड अनलोडकोलागि स्वीकृति दिएको हो । कृषि उपज थोक बजार केन्द्रमा भने मौज्दात रहँदा सम्म मात्रै बिक्रि वितरण गर्न पाउने छन् ।
व्यबसायीहरुको माग र आग्रहका आधारमा सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सामाजिक दुरी, मास्क तथा सनिटाईजर प्रयोग गरेर मात्रै कार्यान्वयन गर्न दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्ण खनालले जानकारी गराउनु भयो ।
त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिक मर्यादा र अनुशासन पालना गर्न तथा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर निर्णय कार्यान्वयन गर्न व्यबसायहरुलाई आग्रह गर्नुभएको छ ।
बैठकमा नगरपालिकाको तर्फबाट वरिष्ठ अधिकृत विष्णुसाद खनाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, बुटवल उद्योग बाणिज्य संघ दैनिक उपभोग्य बस्तुगत समितिका सभापति उमेश अमात्य, कृषि उपज थोक बजार केन्द्रका गोपाल, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी, खुद्रा किराना व्यबसायी संघका सचिव लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like