कोरोना संक्रमित पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मनमोहनबाट नर्भिकमा सारियो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनलाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । तर अहिले नर्भिक अस्पतालमा ल्याइएको छ ।
त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई मनमोहन अस्पतालमा राखिएको जनाइएको छ ।

 
 
  
 

You may also like