गुल्मीमा थप दुई संक्रमितको मृत्यु

गुल्मी। गुल्मीमा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिका की ७६ वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कार्कीले बताए । यो सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

 

 
 
  
 

You may also like