रुपन्देहीको सैनामैनामा कोरोना संक्रमितले गरे आत्महत्या

बुटवल। रुपन्देहीको सैनामैनामा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ बनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको शौचालयमा शनिबार बिहान ४० वर्षीय संक्रमितले आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्टाफ नर्स सिता बस्नेतले बताइन् । शव देखेपछि प्रहरीलाई खबर गरेको उनले बताइन् ।

४० शैयाको उक्त अस्पतालमा १२ संक्रमित उपचाारत रहेका छन् ।

 
 
  
 

You may also like