71
काठमाडौं। कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतसँगका २२ वटा सीमा नाका बन्द गर्न सिफारिस गरेको छ ।
हिजो (शुक्रबार) सिंहदरबारमा बसेको समितिको बैठकले ३५ वटा नाकामध्ये २२ वटा बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
समितिको सिफारिस अनुसार काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालन गर्न सिफारिस गरेको उपप्रधानमन्त्री इश्वर पोख्रेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।